काठमाडौं, पुस १८ – ईकमर्स कम्पनीले ग्राहकको संकलित विवरण अर्थात डेटा अन्य कुनै व्यक्तिलाई बिक्री गर्न नपाउने भएका छन् । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले विद्युतीय व्यापार व्यवस्थापन गर्न तयार पारेको विधेयक मस्यौदामा व्यवसायीलाई यस्ताे गतिविधिमा राेक लगाउने व्यवस्था गरिएकाे हाे ।
साे विधेयकमा कुनै वस्तु तथा सेवा खरिद गर्न ग्राहकले आफ्नो पहिचान जनाउने वैयक्तिक विवरण व्यवसायीलाई उपलब्ध गराउनु पर्ने भएमा त्यस्तो विवरण संरक्षण गर्नुपर्ने व्यवस्था गरिएको छ ।
यस्तो विवरण अन्य व्यक्तिलाई कुनै पनि प्रयोजनका लागि दिन वा आफूले समेत प्रयोग गर्न नपाउने बताइएको छ । यो नियम उलंघन गरेको खण्डमा वैयक्तिक गोपनीयता संरक्षण सम्बन्धी कानून अनुसार जवाफदेही हुनुपर्ने साे विधेयकमा उल्लेख छ ।
FACEBOOK COMMENTS