काठमाडौं, २२ पुष – लक्ष्मी बैंकले सोलुखुम्बु जिल्लाको थुलुङ्ग दुधकोशी गाउँपालिकामा सहुलियतपूर्ण कर्जा प्रवाह गर्नका लागि गाउँपालिकासँग सम्झौता सम्पन्न गरेको छ ।
यस सम्झौता अन्तर्गत उक्त गाउँपालिकाको सहजीकरण एवं सिफारिसमा स्थानिय उद्यमि, सहकारी लगायतअन्य संघ संस्थाहरुले बैंकबाट सहुलियत दरमा कर्जा प्राप्त गर्न सकिनेछ ।
एक कार्यक्रमबीच लक्ष्मी बैंकका रिटेल फाइनान्सियल सर्भिसका प्रमुख दिपेश अमात्य तथा थुलुङ्ग दुधकोशी गाउँपालिकाका अध्यक्ष असिम राईले उक्त सम्झौतामा हस्ताक्षर गरे ।
सो कार्यक्रममालक्ष्मी बैंककाप्रमुखकार्यकारी अधिकृत अजयविक्रमशाहले गाउँपालिकाहरुमा कृषितथापर्यटन लगायत सम्भाव्यताबोकेका क्षेत्रहरुमाकर्जा लगानीगर्न बैंक तत्पर रहेको धारणा ब्यक्त गरे । यस सम्झौताले स्वरोजगार तथाउद्यमशिलताविकास गरी आर्थिक रुपमा सबल गाउँपालिकानिर्माण गर्न सहयोग पुग्ने अपेक्षा राखिएको छ ।
FACEBOOK COMMENTS