काठमाडौं, पुस २४ – बिहिबार टेस्लाको शेयरमा उल्लेखनिय वृद्धि भएसँगै सो कम्पनीका सिईओ समेत रहेका एलन मस्क विश्वकै सर्वाधिक धनी व्यक्ति बनेका छन् । अहिले उनको कूल सम्पती १८५ बिलियन अमेरिकी डलर रहेको छ ।
सिएनबीसीले आफ्नो रिपोर्टमा जनाएअनुसार मस्कले उच्च गतिमा सम्पती आर्जन गर्दै धनाढ्यको सूचीमा सर्वश्रेष्ठ बन्ने व्यक्तिका रुपमा समेत इतिहास कायम गरेका छन् ।
अमेजनका मालिक जेफ्टकेजोसलाई पछि पार्दै उनी सो स्थानमा पुगेका हुन् । बुधबारसम्म १८४.५ विलियन डलर सम्पतीका साथ बेजेस भन्दा थोरै मात्र पछि रहेका मस्क बिहिबार टेस्लाको शेयर मूल्यमा आएको उछालसँगै नयाँ उचाईमा पुगेका हुन् ।
FACEBOOK COMMENTS