काठमाडौं, पुस २४ – नेपाली खेलकुद क्षेत्रको प्रतिष्ठित बजाज पल्सर स्पोर्ट्स अवार्डको १७औं संस्करणमा पनि रुस्लान फुटबल सहप्रायोजकको रूपमा जोडिएको छ ।
रुस्लान फुटबल लगातार पाँचौ वर्ष अवार्डसँग सहप्रायोजकको रुपमा जोडिएको हो । आयोजक नेपाल खेलकुद पत्रकार मञ्चका अध्यक्ष दुर्गानाथ सुवेदी र जावालाखेल ग्रुप अफ इन्डस्ट्रिजका कार्यकारी निर्देशक ससिन जोशीले बिहीबार सम्झौता पत्रमा हस्ताक्षर गर्दै आदानप्रदान गरे । सम्झौतापत्रमा हस्ताक्षर गर्दै इन्डस्ट्रिजका कार्यकारी निर्देशक जोशीले कठिन अवस्थामा अवार्डसँग जोडिन पाउँदा खुसी व्यक्त गरे । उनले गाह्रो अवस्थामा समेत प्रायोजनलाई निरन्तरता दिएको उल्लेख गर्दै अवार्डको सफलताको शुभकामना दिएका थिए । मञ्चका अध्यक्ष सुबेदीले खेलाडी र खेल क्षेत्रमा जावलाखेल ग्रुप अफ इन्डस्ट्रिजले पु¥याएको योगदानको प्रशंसा गरेका थिए ।
घरेलु खेलकुदको प्रतिष्ठित अवार्ड कार्यक्रम आगामी पुस २८ गते आयोजना हुँदै छ । आयोजक खेलकुद पत्रकार मञ्चले यसअघि नै पिपल्स च्वाइस विधा र वर्ष पुरुष, महिला, युवा र वर्ष प्रशिक्षक विधाको मनोनयन सार्वजनिक गरिसकेको छ । पिपल्स च्वाइस विधामा पौडीकी गौरिका सिंह, करातेका मन्देकाजी श्रेष्ठ, भलिबलकी अरुणा शाही, बास्केटबलकी सदिना श्रेष्ठ र फुटबलकी सावित्रा भण्डारी मनोनित छन्
vअवार्डका अन्य विधा पारा एथलिट, स्पेसल, लाइफटाइम एचिभमेन्ट, टिम अफ द इयर अवार्ड र अन्तर्राष्ट्रिय खेल पत्रकारलाई समेत सम्मान गरिने आयोजकले जनाएको छ । यस वर्षदेखि पारा एथलिट अवार्डलाई ‘पारा एथलिट सम्मान’को रूपमा प्रदान गरिदैछ । वर्षका पुरुष, महिला, प्रशिक्षक र पिपल्स च्वाइस विधाका विजेताले पल्सर मोटरसाइकल पुरस्कार प्राप्त गर्नेछन् । अन्य विधाका विजेतालाई जनही ५० हजार रुपैयाँसहित केल्मी, डिसहोमबाट आकर्षक गिफ्ट ह्याम्पर प्राप्त गर्नेछन् ।
FACEBOOK COMMENTS