काठमाडौं, पुस २४ – सनराइज बैंकको १३औं वार्षिक साधारण सभा सम्पन्न भएको छ। शुक्रबार संचालक समितिका अध्यक्ष मोतीलाल दुगडको सभापतित्वमा साधारण सभा सम्पन्न भएको हो।
उक्त साधारण सभाले बैंकको चुक्ता पूँजीको ५.८० प्रतिशतका दरले ५२ करोड एक लाख तेतीस हजार त्रिसठ्ठी रुपैयाँ बराबरको बोनस शेयर तथा चुक्ता पूँजीको २.४ प्रतिशतका दरले हुने नगद लाभांश २२ करोड २४ लाख एक हजार सात सय तेईस रुपैयाँ (बोनस शेयर र नगद लाभांशमा लाग्ने कर प्रयोजनको लागि समेत) वितरण गर्न स्वीकृत गर्ने प्रस्ताव पारित गरेको छ ।
यो बैंकको हाल चुक्ता पूँजी ८ अर्ब ९६ करोड रहेकोमा यस साधारण सभाबाट पारित बोनस शेयर वितरणपछि बैंकको चुक्ता पूँजीमा बृद्धि भएर ९ अर्ब, ४८ करोड, ७९ लाख, ४४ हजार ४ सय ९९ कायम हुन गएको छ।
यो बैंकको १३९ वटा शाखा, ५८ वटा शाखारहित बैंकिङ्ग सेवा, ११ वटा एक्सटेन्सन काउन्टर, १६१ वटा ए.टि.एम रहेको छ।