काठमाडौं, पुस २५ – अहिलेको समयमा चलचित्र क्षेत्रलाई गतिशिल बनाउन चलचित्रसँग सम्बद्ध सबै पक्षहरु मिलेर जानुको विकल्प नभएको चलचित्र क्षेत्रका सरोकारवालाले बताएका छन् । चलचित्र पत्रकार संघ दाङ शाखाले घोराहीमा आयोजना गरेको ‘चलचित्र बहस’ विषयक अन्तरक्रिया कार्यक्रममा चलचित्रकर्मीले कोरोना कहर कायम रहेकोले दर्शक हलसम्म पुग्ने अवस्था अझै बनि नसकेको बताए ।
कार्यक्रममा चलचित्र विकास बोर्डका पूर्व अध्यक्ष डा.अमर गिरीले हल संचालन गर्ने कुरा डिर्पाटमेन्टल स्टोर खोलेजस्तो नभएको बताए । ‘दर्शकलाई कोरोनाको डर कायमै रहेको हुँदा हलमा दर्शकले सुरक्षाको अनुभूति दिलाउनका लागि हल संचालकले ध्यान दिनुपर्ने देखिन्छ’ गिरीले भने ‘हल सुरक्षित हुने ब्यवस्था बिकाश र्बार्डले पहल गर्नुपर्छ ।’
त्यस्तै हल संचालक ललित श्रेष्ठले कोरोना महामारीका कारण हल लामो समय बन्द रहदा श्रमिकलाई पारिश्रमिक दिन समस्यामा आफुहरु परेको बताए । उनले अहिले हल संचालनका लागि आफु तयार भएपनि राम्रा चलचित्र पनि पाउन नसकेको गुनासो पोखे ।
कार्यक्रममा चलचित्र निर्माता संघका सदस्य तथा निर्माता रोहित अधिकारीले कोरोना कहरकै बिचमा चलचित्र रिलिज गर्न निर्माताहरु डराइरहेको बताए । कारोनाका कारण दर्शक नपाउने अवस्था नरहेको भन्दै दर्शकलाई हलसम्म ल्याउने आकर्षक प्याकेज सहितको वातावरण निर्माण गर्नुपर्ने धारणा राखे ।
यस्तै निर्माता तथा निर्देशक मुनाल घिमिरेले कोरोना महामारी बन्द भएका हल संचालनमा चलचित्र विकास बोर्डको भूमिका कमजोर देखिएको आरोप लगाए । उनले कोरोनाकै बिचमा चलचित्र निर्माताहरु प्रदर्शनका लागि चलचित्र दिन तयार रहेको बताउँदै राज्यले हल संचालनका लागि उचित व्यवस्थापन गर्न नसकेको उनले भनाई राखेका थिए ।
उनले अहिले प्रदर्शनमा आउने चलचित्रलाई राज्यले अनुदानको ब्यवस्था गर्नु पर्नेमा जोड दिए ।
चलचित्र पत्रकार संघ दाङ शाखाका अध्यक्ष शिब पुन, नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष सविन प्रियासन, पत्रकार संघ दाङ शाखाका निवर्तमान अध्यक्ष धुव्रराज न्यौपाने र सचिव पूर्ण केसी, सल्लाहकार शरद रेग्मी, डा.लोकराज पराजुली , हाँस्य कलाकार कमल गाउँले लगायतको उपस्थिती रहेको कार्यक्रममा अधिकाम्स बक्ताले अहिलेको समय चलचित्र क्षेत्रलाई गतिशिल बनाउनुको बिकल्प नरहेको धारणा राखेका थिए ।
FACEBOOK COMMENTS