काठमाण्डौं– ग्लोबल आईएमई बैंक र नेशनल लाइफ इन्सुरेन्स कम्पनी बीच ब्यान्कासोरेन्स सम्बन्धि सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।
सम्झौता पत्रमा हस्ताक्षर पछि ग्लोबल आईएमई बैंकका १३१ वटै शाखाहरु मार्फत नेशनल लाइफ इन्सुरेन्स कम्पनी लि.को जीवन बीमा योजनाहरु खरिद गर्नुका साथै जीवन बीमा सम्बन्धी सम्पूर्ण सेवाहरु छिटो, छरितो एंव भरपर्दो माध्यमबाट प्राप्त गर्न सकिनेछ ।
उक्त सम्झौतापत्रमा ग्लोबल आईएमई बैंकका प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौड्याल र नेशनल लाइफ इन्सुरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत भरत बस्नेतले हस्ताक्षर गरेका हुन ।
बैंकले १३१ वटा शाखा, १४ वटा राजश्व संकलन काउण्टर, १३२ एटिएम, ५ वटा एक्सटेन्सन काउण्टर तथा १०० शाखा रहित बैंकिङ्ग सेवा र नेपाल बाहिर ३ प्रतिनिधि÷सम्र्पक कार्यालय मार्पmत आफ्ना ९ लाख भन्दा बढि आफ्ना ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ ।
त्यसैगरि बैंकले मलेसिया, दक्षिण कोरिया, कतार, युएई, बहराइन लगायतका मुलुकबाट रेमिट्यान्स सेवा समेत प्रदान गर्दै आइरहेको छ ।
FACEBOOK COMMENTS