काठमाडौं – प्रत्यक्ष बैदेशिक लगानीलाई आकर्षित गर्नका लागि नेपाल राष्ट्र बैंकले नयाँ ब्यवस्था गरेको छ।
नेपालका बाणिज्य बैंकहरुलाई मार्फत केन्द्रीय बैंकले विदेशीलाई नेपालमा लगानी गर्न थप सहज गरिदिएको हो।
विदेशी लगानीकर्ताहरुले नेपालका विभिन्न उद्योग र परियोजनाहरुमा ऋण लगानी गर्दा त्यस्तो ऋणको साँवा ब्याज असुली तथा डुबेमा समस्या भोग्नु पर्थियो। अब भने उनीहरुलाई नेपाली बैंकहरुलाई एजेन्टका रुपमा नियुक्त गरेर डुबेका ऋणीहरुको धितो लिलामीसम्का प्रकृया पुरा गर्ने गरी समग्र ऋण ब्यवस्थापन गर्न सक्ने छन्।
विदेशी मुद्रामा ऋण प्राप्त गर्नुअघि सम्बन्धित नियामकसँग स्वीकृति लिनु पर्छ। यसरी स्वीकृति माग गर्दा ऋण ब्यवस्थापन, इस्क्रो खाता ब्यवस्थापन तथा कस्टोडियन सम्बन्धि त्रीपक्षीय सम्झौता पनि पेश गर्नु पर्छ। यसमा ब्यवस्थापक भइ काम गर्दा लिने जिम्मेवारी र त्यस बापतको कमिसन तथा शुल्क पनि सम्झौतामा उल्लेख गर्नु पर्ने सर्त राष्ट्र बैंकले राखेको छ।
विदेशी लगानीकर्ता, विदेशी लगानी भित्र्याउने नेपाली कम्पनी वा संघसंस्था र बाणिज्य बैंकसमेतले त्रीपक्षीय सम्झौता गरी कुनै एक नेपाली बाणिज्य बैंकले एजेण्टका रुपमा ऋण ब्यवस्थापन, इसक्रो खाता ब्यवस्थापन तथा कस्टोडियनको रुपमा सेवा दिन सक्ने छन्।
FACEBOOK COMMENTS