काठमाडौं, पुस २९ – प्रोग्रेशिभ फाइनान्स लिमिटेडले बुधवार २४औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ ।
सभाले आर्थिक वर्ष २०७६/७७ वित्तीय अवस्थाको विवरण, वासलात, नाफा/नोक्सान विवरण, नगद प्रवाह विवरण, इक्विटीमा भएको परिवर्तन सम्बन्धी विवरणका साथै सम्पूर्ण अनूसूचीहरु सहितको वित्तीय विवरणहरु छलफल पश्चात पारित गरेको छ ।
साथै, सभाले आर्थिक वर्ष २०७७/७८ को लेखापरीक्षकको नियुक्ति, संस्थाको साधारण सभाले मर्जर तथा एक्वीजिशनका निम्ति बैंक तथा वित्तीय संस्थाहरुबाट उपयुक्त प्रस्ताव प्राप्त भएमा सो सम्बन्धी सम्पूर्ण प्रकृया पूरा गर्ने अख्तियारी सञ्चालक समितिलाई दिने निर्णय समेत गरेको छ ।
FACEBOOK COMMENTS