काठमाण्डाै, माघ ७ – अमेरिकी फर्मा कम्पनी फाइजर इंक र जर्मन साझेदार बायोएनटेकले विकास गरेको कोभिड–१९ विरोधी खोप बेलायतमा पाइएको कोरोना भाइरसको नयाँ प्रकारमा समेत प्रभावकारी देखिएको छ ।
बी.१.१.७. नामक सो प्रकार बेलायत पहिलो पटक सन् २०२० को सेप्टेम्बरमा पाइएको थियो । भाइरसको सो प्रकार असामान्य रुपमा फरक भएको र यो झनै संक्रामक थियो ।
भाइरसमा कोभिड–१९ विरोधी खोप प्रभावकारी नहुने हो कि भन्ने चिन्ता धेरै थियो । तर बायोरिक्सिभले सार्वजनिक गरेको अनुसन्धान प्रतिवेदनअनुसार भने बी.१.१.७. र शुरुमा देखिएको कोरोना भाइरसको प्रकारबीच न्यूट्रिलाइजेशन गतिविधिमा जैविक रुपमा खासै धेरै फरक छैन ।
मोडेर्ना र अस्त्रजेनेकाले पनि आफ्नो खोप कोरोना भाइरसको नयाँ प्रकारमाथि प्रभावकारी हुने अपेक्षा गरेका छन् ।
FACEBOOK COMMENTS