काठमाडौं, १० माघ – नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले प्रधानमन्त्री केपी ओलिले बैशाखमा चुनाव गराउँन या माधव नेपाल र प्रचण्डलाई तह लगाउँन संसद बिघटन गरेकै हैन भनेर ठोकुवा गरेका छन्।
डा कोइरालाले संसद बिघटनको निर्णय अराजनीतिक र असंवैधानिक भएको भन्दै पुनर्स्थापनाको विकल्प नभएको बताए।प्रधानमन्त्रीको कदम असंबैधानिक हो भन्नेमा कांग्रेसभित्र कुनै विवाद नरहेको भन्दै उक्त असंवैधानिक कदम नसच्चिएसम्म कांग्रेसले सडक छाड्न नहुने बताए।
नेपाली कांग्रेस कञ्चनपुरले महेन्द्रनगरमा आयोजना गरेको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेता कोइरालाले अबका दिनमा पार्टीभित्रका कुनै पनि ईमानदार र निष्ठावान कार्यकर्तालाई अन्याय हुन नदिने प्रतिबद्धता समेत जनाए।
FACEBOOK COMMENTS