काठमाडौं, माघ ११- आइतबारको नयाँ पत्रिका दैनिकले ‘प्रधानमन्त्रीको अभिमानः सबैलाई अपमान’ शीर्षकमा समाचार छापेको छ । समाचारमा भनिएको छ– पूर्वप्रधानन्यायाधीशलाई अज्ञासु, अधिवक्तालाई दुर्मुखा, वरिष्ठ अधिवक्तालाई तमासा देखाउने बाजे, बुद्धीजीवीलाई झुण्ड, मन्त्रिपरिषद्का पूर्वसहकर्मीलाई बैगुनी केटो, पार्टीका नेताहरुलाई हुल्ल्डबाज भन्ने प्रधानमन्त्रीले पत्रकारलाई तर्क जान्छ भनेका छन् ।
पत्रकारलाई सम्मान र संस्कारको पाठ पढाउने प्रधानमन्त्रीले आफूसँग असहमतको विषयमा टिप्पणी गर्दा भर्यादाका सारा सीमा नाघ्दै आएको टिप्पणी पत्रिकाले गरेको छ । प्रधानमन्त्रीले मुख्य अपमान संविधानमाथि गरेको पनि समाचारमा छापिएको छ ।
FACEBOOK COMMENTS