तनहुँ / १३ माघ : म्याग्दे गाउँपालिकाकी अध्यक्ष मायादेवी रानाले अभिमुखिकरण कार्यक्रमकाे उद्घाटन गर्दै लघु, घरेलु तथा साना उद्यमी सृजना गर्ने गरि कार्यक्रम सचालन हुने बताएकी छिन् । म्याग्दे गाउँपालिकाकाे वडा न ४ मा गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम (मेड्पा) काे वडा स्तरिय अभिमुखिकरण कार्यक्रम माझ उनले सो धारणा राखेकी हुन ।
अध्यक्ष रानाले लघु, घरेलु तथा साना उद्योगको विकास र विस्तार अहिलेकाे आवश्यकता रहेकाले सीप सिकाएर उद्यमी सृजना गर्नेसँगै दिगाे आर्थिक विकास हुने धारणा व्यक्त गरिन । गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रमबाट गाउँपालिकामा नयाँ उद्यमी सृजनाका कार्यक्रम निकै प्रभावकारी हुने प्रमुख प्रशासकीय अधिकृत नारायण प्रसाद अधिकारीले बताए । ‘लघु, घरेलु, तथा साना उद्योग संचालन गर्न सीप सिके पश्चात कम लगानिमा घर घरमै उद्योग संचालन गर्न सकिने भएकाले उद्यमीको चाहना अनुसार कुशल प्रशिक्षकबाट सीप सिकाई उद्यमी सृजना गर्ने छाै’ प्रमुख प्रशासकीय अधिकृत अधिकारीले भने । साे अवसरमा उनले कार्यपत्र प्रस्तुत गर्दै मेड्पा कार्यक्रमकाे बारे प्रष्ट पारे ।
कार्यपालिका सदस्य वर्दिका घिमिरेले सीप सिके पश्चात घरेलु उद्योग घरमा नै बसेर संचालन गर्न सकिने भएकाले यसतर्फ लाग्न महिलाहरुलाई उनले आग्रह पनि गरे । गरिबी निवारणका लागि लघु उद्यम विकास (मेड्पा) कार्यक्रम संचालन प्रकृया बारेमा जानकारी दिन आयाेजित प्रशिक्षण कार्यक्रममा जनप्रतिनिधिहरू, नागरिक समाजका प्रतिनिधि, उद्यमी, कर्मचारी लगायतलाई कार्यक्रम बारे जानकारी दिने उदेश्यका साथ प्रशिक्षण कार्यक्रम आयाेजना गरिएकाे उद्योग विकास शाखा प्रमुख प्रदिप न्याैपानेले जानकारी दिए ।
वडा स्तरमा संचालित घरधुरि सर्वेक्षण, उद्यमशिलता तालिम, सिपविकास तालिम, बजार सन्जाल, बचत परिचालन लगायतका विषय जानकारी गराई नयाँ उद्यमी ९० र स्तराेउन्नति ५० गरि १ सय ३० उद्यमी यस वर्ष सृजना गर्ने लक्ष्य रहेकाे न्याैपानेले जानकारि गराए । वडा न ४ मा ३० जना नयाँ उद्यमी सृजना हुने पनि उनले जानकारी दिए ।
अभिमुखिकरण कार्यक्रम वडा न ४ का अध्यक्ष प्रेम बहादुर आलेको सभापतित्वमा सम्पन्न भएकाे थियाे भने कार्यक्रम गापा के. पवन कुमार तिवारीले संचालन गरेका थिए ।
FACEBOOK COMMENTS