काठमाडौं, माघ १३ – जम्मू-कश्मीरको कठुआमा भारतीय सेनाको एडभान्स लाइट हेलीकप्टर दुर्घटना हुँदा एक पाइलटको मृत्यु भएको छ भने अर्का पाइलटको अवस्था गम्भीर रहेको छ ।
दुर्घटनामा दुवैजना पाइलट गम्भीर घाइते भएका थिए । उनीहरुलाई नजिकैको बेस अस्पतालमा उपचारका लागि लगिएको थियो ।
जसमा एक पाइलटको मृत्यु भएको हो । भारतीय रक्षा मन्त्रालयका प्रवक्ताले यसको जानकारी दिएको बताइएको छ ।
FACEBOOK COMMENTS