काठमाडौं, माघ १३ – अर्थमन्त्री विष्णुप्रसाद पौडेलले निर्वाचनको विरोध गर्नु लोकतान्त्रिक मान्यता विपरीत भएको बताएका छन् ।
मंगलबार ६९ औं भन्सार दिवसको अवसरमा आयोजित समारोहलाई सम्बोधन गर्दै उनले यस्तो धारणा राखेका हुन् । ‘लोकतन्त्रमा विश्वास गर्नेले निर्वाचनको विरोध गर्दैनन्,’ मन्त्री पौडेलले भने ।
निर्वाचनको विरुद्धमा उठेका प्रश्नहरु लोकतन्त्रविरुद्ध रहेको भन्दै उनले देशको विशेष परिस्थितिलाई ख्याल गरिदिन आग्रह गरे । निर्वाचनबाट नै लोकतन्त्र मजबुत हुने उनको भनाइ छ ।
FACEBOOK COMMENTS