काठमाडौं, माघ १६ – प्रधानसेनापति पूर्णचन्द्र थापाले द्वन्द्वका समयमा ज्यान गुमाएका सुरक्षाकर्मीको योगदानको कदर गर्दै उनीहरूका परिवारसँग भेटवार्ता गरेका छन् । सहिद दिवसका अवसरमा जंगी अड्डामा शुक्रबार द्वन्द्वपीडित सुरक्षाकर्मी परिवार संस्थाद्वारा जंगी अड्डास्थित सभामण्डप हलमा आयोजना गरेको सहिद सप्ताह कार्यक्रममा उनी सहभागी भएका थिए ।
द्वन्द्वपीडित सुरक्षाकर्मीहरूको परिवार संस्थाले पहिलोपटक सहिद दिवस मनाउन आयोजित कार्यक्रममा प्रधानसेनापति थापाले वीरगति प्राप्त सहिद र उनका परिवारजनले मुलुकलाई अतुलनीय योगदान पु¥याएको भन्दै प्रशंसा गरे । जंगी अड्डाका अनुसार द्वन्द्वमा ज्यान गुमाएका नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल तथा राष्ट्रिय अनुसन्धान विभागका गर्ने सम्पूर्ण सहिदहरूप्रति उनले हार्दिक श्रद्धाञ्जली प्रकट गरेका थिए ।
कार्यक्रममा नेपाली सेनाका बलाधिकृत रथी प्रभुराम शर्मा, नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान विभागका अधिकृतहरू, सबै प्रदेशका सहिद परिवारका प्रतिनिधि सदस्यहरू एवं चारैवटा सुरक्षा निकायका सकलदर्जाहरू सहभागी थिए ।
FACEBOOK COMMENTS