डि एन घिसिङ
भलिबल खेल मनोरञ्जनात्मकता साथै वातावरणिय अनुकूलनमा जोड दिदै प्रादुर्भाव भएको पाईन्छ भने खेलाडीको संख्यात्मकता, कौशलता र क्षमतालाई मध्यनजर राख्दै विकास भएको देखिन्छ । सांस्कृतिक र वातावरणीय पक्षसँगको अन्तरसम्बन्धलाई घनिभुत पार्दै भलिबल खेलको प्रारुपलाई परिस्कृत तुल्याउदै लगिएको पनि भेटिन्छ । भलिबल खेलमा नविनतासँगै रोमान्चकता र आकर्षण बढाउन खेल सापेक्षता माथि उस्तै पहल र प्रयास जारी रहदै आएको देख्न सकिन्छ ।
भलिबल खेल र प्रकार
क) नियमित भलिबल खेल(Regular Vollyball)
ख)बिच भलिबल खेल(Beach Vollyball)
ग)पार्क भलिबल खेल(Park Vollyball)
घ) हिउ भलिबल खेल(Snow Vollyball)
नियमित भलिबल: भलिबल खेलको प्रादुर्भाव ऎतिहासिक पक्षसँग जोडिएका प्राविधिकपनलाई मौलिक भलिबल खेलको रूपमा परिभाषित गरेको छ।भलिबल खेलमा दुई टोलीहरू समावेश रहन्छन् । सामान्यतया एक पक्षमा छ जना खेलाडीहरु र अर्को पक्षमा समेत सोही अनुपातमा खेलाडी सामेल रहेका हुन्छन् ।नियमित भलिबल खेलमा एक पक्षका टिममा बललाई बढीमा तीन पटक एकआपसमा प्रहार गरेर बललाई विपक्षी मैदानमा ओराल्ने वा गिराउने रणनीति बुनिन्छ । विशेषत: बलको प्रहारमा निखारता वा प्रतीरक्षा विधीमा रौंनकता छाउने गरेको हुन्छ। नियमित भलिबल खेलको दौरानमा प्रतिस्पर्धी दुई तर्फको मैदानमा ६जना खेलाडी र अतिरिक्त खेलाडी सोही बराबर प्रत्येक टिमले खेलाडी उतार्छन् ।साबिक तौलको बल राखेर सन्चालन हुने खेलमा पक्ष र विपक्षको मैदानमा लम्बाई र चौडाई क्षेत्रफललाई रेखांकन गरेका हुन्छन् । दुई समुहको मध्य रेखाको बार जालसँगै ठड्याएको पोलबाट नापको आयातकार बराबरी खेल मैदानमा विभाजन गरेको हुन्छ।मध्य रेखा (Center line)ले खेल्ने क्षेत्रलाई स्थानमा ९मिटर नापको दुईभागमा बिभाजन गरेको हुन्छ। मध्य भागको रेखाको ठिक माथी जाल (Net) रहन्छ ।जमीनको सतहबाट जाललाई पुरुष २.४३मिटर र महिला खेलको लागी २.३४मिटर उचाई रहेको रहन्छ।मध्यभागमा रहेको जाल र मध्य रेखामा सहभागी खेलाडीले छुन वा टेक्न निशेध गरेको हुन्छ।सामन्यतया मिटरको क्षेत्रफल बिभाजन गरेर बराबरी कोडको निर्धारण गर्दछ। निर्णायकको अनुमतिमा खेल शुभारम्भ पहिलो बलको प्रवाहसँगै हुन्छ । यस खेलमा सहभागी खेलाडी वा प्रतिपक्षी खेलाडीले कौशलता साथ साथै सदाचार अनुशासनको कडीको रुपमा हेर्नुका साथै अंक निर्धारण गरेर जित वा हारको फैसला पनि गरिन्छ।भलिबल खेलमा बललाई छुने वा फ्याँक्ने कलाले पनि अनिवार्यता दर्शाएको हुन्छ।एक खेलाडीले आफ्नो खेल मैदानमा बल प्रहार गर्दा एक पटक मात्र छुन वा फ्याक्नु पर्ने हुन्छ यद्यपि विपक्षी वा समकक्षीको प्रहारमा भने दोर्याउन सकिन्छ।खेलाडीले हातको पन्जाको साहाराबाट प्रहार, प्रतिकार वा कलात्मक अभ्यासीमा बलको उडानले महत्व राख्छ ।
आधुनिक ओलम्पिकमा नियमित भलिबल
आधुनिक ग्रुस्मकालिन बृहत ओलम्पिक खेलमा नियमित भलिबल सहभागीतासँगै एक लामो यात्रा तय भएको छ।सन १९६४मा जापानको टोकियोमा आयोजना भएको ओलम्पिक खेलमा पहिलो पटक भलिबल खेल औपचारिक रुपमा समावेश भएको थियो।राउन्ड रबिङ्ग अर्थात गोलाकार चरणमा खेल सन्चालन भएको प्रतियोगितामा महिला र पुरुष खेल सहभागी थिए। ओलम्पिक खेलको मुल्य मान्यतालाई प्राथमिकतामा राख्दै भलिबल खेलले लौङ्गिक समानताको सवालमा जोड दिदै आएको छ।खेल प्रतियोगितामा खेलाडीको निखारतामा जोड दिनुका साथै आकर्षणका विविध आयामलाई समेत जोडदै आइरहेको छ। खेलमा हुने रमाइलोपन, उत्साह, जोश, पहिचान ,प्रतिष्ठा र ख्याती भलिबल खेलका आकर्षक पक्ष हुन।
बिच भलिबल
बालुवा माथि वा समुद्र तटमा संचालन हुने भलिबल खेल बिच भलिबलको रूपमा परिचित छ।बिच भलिबलमा मुख्य रणनीति सामरिक तरिकामा बल प्रहार गर्नु रहन्छ । यस खेलमा विपक्षी टीमको खेल मैदानमा बल अवतरण गराउनु र रक्षात्मक अबस्थामा अब्बल पहिचान गराउने उदेश्य निहित रहने गर्दछ । बिच भलिबलको इतिहास हेर्दा सन १९१०को दशकमा विकास भएको देखिन्छ।अमेरिकाको होनलुलु स्थित वैकिकि बिचमा शुभराम्भ बिच भलिबलको क्रेज बढ्दो छ।प्रादूर्भावमा समुद्री तटमा सार्वजनिक रमाईलो वा गर्मिलाई हावामा मनोरंजन गर्नको लागि तयार गरेको बिच भलिबल खेलले आधुनिक खेल जगतमा व्यावसायिक रौनकता सहित आकर्षण बढाउदै लगेको छ। बिच भलिबल खेलमा २ जनाको २ समूह बीच बालुवा माथी संचालन हुने बिच भलिबल आयताकार आकरमा न्युनतम उचाईमा बालुवा माथिको समतल भागमा तय गरिन्छ।विशेषत जाल उचाई पुरुषको लागी ७फिट ११इन्च र महिलाको लागी ७फिट ४इन्च तय गरिएको हुन्छ। निश्चित आयतकार बालुवा माथी दुई पक्षको बराबरी भागमा सामन्यतया ८मिटरको क्षेत्रफल विभाजन गरेर बराबरी क्षेत्रफल निर्धारण गरिएको हुन्छ।खेलाडीको प्राविधिक उपकरणलाई पनि नियमन गरेका छन्।
आधुनिक ओलम्पिकमा बिच भलिबल प्रवेश
बिच भलिबल खेलले सन १९९६मा एटलान्ट ओलम्पिक खेलबाट औपचारिकता प्राप्त गरेको हो।पहिलो ओलम्पिक खेलमा सहभागीतासँगै महिला र पुरुष दुवै समुह समावेश भएको थियो।ओलम्पिक सहभागीताको पहिलो प्रारम्भिक चरण खेललाई कृतिम बालुवा प्रयोग कर्भडहलमा प्रतिस्पर्धात्मक प्रदर्शन गरेका थिए।बिच भलिबलको आकर्षणलाई मध्यनजर गर्दै नियमित रुपमा आयोजना हुने ओलम्पिक बिच भलिबल खेललाई बिशेष महत्वका साथ लिईनुका साथै वातावरणिय अनुकुलता समेतलाई ध्यान दिने गरिएको छ।
पार्क भलिबल
खेल उमेर र लिङ्गीय भेदभाव बिना समुह खडा गरेर खेलिने भलिबल खेललाई पार्क खेलको रुपमा चिनिन्छ। यस खेलमा जित भन्दा पनि मनोरञ्जन प्रमुख उदेश्य रहन्छ।यस खेलमा खेलको अवस्था र खेलाडीहरूको सुविधासँगै नियमन पनि गरेको हुन्छ।प्रायःनियमित भलिबल खेलका प्राविधिक बिषयसँग पार्क भलिबलको तालमेल रहेको देखिन्छ । पार्क भलिबललाई मनोरंजन खेलका रुपमा हेरिएकोले बिशेषत सार्वजनिक संस्थान विद्यालय, महाविद्यालय र विश्व विद्यालयमा आकर्षण रहेको छ।पार्क भलिबललाई भूगोल र क्षेत्रीय आधारमा विकास गर्न अन्तर्राष्ट्रिय भलिबल महासंघले समेत महत्व दिदै आएको छ।
हिउ भलिबल
खेल हिउँ भलिबल मुख्यत उच्च हिमाली भेग वा हिउ माथि खेलिने खेल हो।समुहगत विभाजनमा खेलिने हिउ भलिबलमा ३जनाको समुह एक पक्षीय र सोहि अनुपातमा अर्को पक्षीय खेलाडी समावेश रहन्छन् । खेलको मैदान आयातकार ८मिटर र जालको उचाई पुरुष खेलमा २.४३मिटर र महिला खेलमा २.२४मिटर रहेको हुन्छ। जाडो मौसम वा स्थानलाई लक्षित गरेको हिउँ भलिबललाई युरोपेली मुलुकले हिउँ भलिबलको प्रादुर्भावको छोटोे समयमै उच्च प्राथमिकतामा राखेका छन् । बृहत खेल विकासका लागी अन्तर्राष्ट्रिय भलिबल महासंघले उच्च प्राथमिकता राखेको छ। महासंघले बृहत वैन्टर ओलम्पिकमा सहभागीताको लागी यस खेलको प्रस्तावना अगाडि बढाएको छ।भूगोल र प्राकृतिक मनोरम हिउँ भलिबल अर्को आकर्षण पक्ष मानिन्छ ।
FACEBOOK COMMENTS