काठमाडौं, माघ २१ –अख्तियार दुरुपयोग अनुसन्धान आयोगका नवनियुक्त प्रमुख आयुक्त प्रेमकुमार राईले कार्यभार सम्हालेका छन् । राई बुधबार दिउँसो टंगालस्थित आयोगको मुख्यालय पुगेर पदभार सम्हालेका हुन् ।
यसअघि राईले राष्ट्रपति कार्यालय शीतलनिवासमा प्रधान न्यायाधीश चोलेन्द्रशमशेर जबराबाट पद तथा गोपनीयताको शपथ लिएका थिए । उनीसँगै आयोगको सदस्यमा नियुक्त जयबहादुर चन्द र किशोरकुमार सिलवालले पनि कार्यालय पुगेर पदभार सम्हालेका छन् । सरकारले राईसहित विभिन्न ३८ जनालाई विभिन्न संवैधानिक निकायहरुमा नियुक्तिका लागि सिफारिस गरेको थियो ।
सरकारले विधि मिचेर नियुक्त गरेको भन्दै नेकपाकै दाहाल–नेपाल समूहले बिहीबार आमहड्तालको घोषणा गरेको छ ।
FACEBOOK COMMENTS