काठमाडौं, माघ २३ – नेकपा अध्यक्ष माधवकुमार नेपालले हिजोको आमहड्ताल संवैधानिक निकायमा असंवैधानिक नियुक्तिको विरुद्धमा भएको बताएका छन् ।
‘हिजोको आमहड्ताल कयाैँका लागि पीडादायी भयाे, दैनिक ज्यालादारी, विरामी ,विद्यार्थी को लागि पीडा भयो, यो सबको कारण केपी ओली हुन्,’ नेकपा अध्यक्ष नेपालले भने, हिजो को बन्दले नयाँ सन्देश दिएको छ ।’
हिजोको हड्ताल उनले(केपी ओली)ले जे भन्यो त्यो खुरुखुरु मान्छन् भन्ने कुराको बिरुद्ध भएको नेपालले बताए । ‘अहिलेको अबस्थामा चाेईटिएर गएकाेकाे केही अधिकार छैन, नेपालले भने ‘हामी सबै ठाउँमा बहुमत छाै । केन्द्रीय कमिटी दुईतिहाइ छाै ।’
उनले चेतावनी दिदै भने ‘नेकपामा आँखा लगाउन पाइदैन । बालकाेट गएर बनाए भयाे बा काे गणेश प्रवृति अपनाए भयाे ।’ नेपालले अहिलेको याे लडाइँ व्यक्तको नभई विचारको लडाइँ भएको बताए ।
ओलीले रिङराेडमा सेनालाई परेड खेलाउँदैमा काेही नडराउने उनले बताए । हिजोको आमहड्तालमा जनकपुरमा गाेलि हानेकाे र नुवाकाेटमा पनि प्रहरी हिंसा भएकाे बताए ।
FACEBOOK COMMENTS