काठमाडौं,माघ २५- जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको आशिक प्रभाव रहेको छ।
हाल प्रदेश १ पहाडी भूभागहरुमा आंशिक वदली रहेको छ।
दिउँसो : प्रदेश १ को पहाडी भूभागमा आंशिक वदली रही वाँकी भूभागहरुमा मौसम सामान्यतया सफा रहनेछ।
राती : प्रदेश १ को पहाडी भूभाग तथा गण्डकी प्रदेशका थोरै स्थानमा आंशिक बदली रही वाँकी स्थानहरुमा मौसम सामान्यतया सामान्य रहनेछ ।
दिउँसो : सुदूर पश्चिम र कर्णाली प्रदेशका पहाडी भूभागमा आँशिक बदली रही वाँकी स्थानहरुमा मौसम सामान्यतया सफा रहनेछ ।
राती : सुदूर पश्चिम र कर्णाली प्रदेशका पहाडी भू(भागमा आँशिक बदली रही वाँकी स्थानहरुमा मौसम सामान्यतया सफा रहनेछ ।
दिउँसो : सुदूर पश्चिम, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशमा आँशिक बदली रही वाँकी स्थानहरुमा मौसम सामान्यतया सफा रहनेछ ।
राती : सुदूर पश्चिम, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशमा आँशिक देखि सामान्य बदली रही वाँकी स्थानहरुमा मौसम सामान्यतया सफा रहनेछ ।
चिसो अझै रहिरहने तथा तराईका भूभागहरुमा हुस्सु कुहिरोको अझै सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन विभागले आग्रह गरेको छ ।
FACEBOOK COMMENTS