काठमाडौं, माघ २५ – नबिल बैंक र उपाय सर्भिसेसबीच बैंकको ग्राहकहरुलाई उपाय प्लेटफर्ममा उपलब्ध विभिन्न सेवाहरु प्रदान गरेर लघु, साना र मझौला उद्यमलाई सहयोग गर्ने सम्झौता गरेको छ ।
यस रणनीतिक साझेदारी अन्तर्गत, बैंकका लघु, साना र मझौला उद्यमी ग्राहकहरुले कर्जाका लागि आवश्यक प्रारम्भिक कागजात तयार गर्न उपाय सर्भिसेसको सेवा लिने छन् । यसबाहेक उपायले सार्वजनिक सेवाको बारेमा सजिलो र पारदर्शी समाधान प्रदान गर्नुका साथै बैंकका ग्राहकलाई आवश्कता बमोजिम क्षेत्रगत विशेषज्ञको सेवा उपलब्ध गराउने बैंकले जनाएको छ ।
नबिल बैंकका महाप्रबन्धक राजु केसी, एसएमई तथा लघुवित्त प्रमुख निरज कुमार बस्नेत र उपाय सर्भिसेसले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।
FACEBOOK COMMENTS