काठमाडौं, माघ २५ – नेकपा ओली समूहले राष्ट्रिय युवा संघको संयोजकबाट रामप्रसाद सापकोटा ‘दीपशिखा’लाई हटाएको छ । ललितपुरको च्यासलमा आइतबार बसेको ओली समूहको युवा संघको केन्द्रीय कमिटी बैठकले सापकोटालाई हटाएको हो।
प्रचण्ड–माधव समूहमा लागेको संयोजकलाई हटाउन सहसंयोजक रमेश पौडेलको अध्यक्षतामा बैठक बसेको थियो । सापकोटालाई संयोजकबाट हटाइए पनि कसको नेतृत्वमा नयाँ संगठन बनाउने भन्ने छलफल भइरहेको बताइएको छ । सोमबारसम्म चल्ने बैठकले संयोजक चयन गर्ने संघका नेता प्रभातविक्रम कटवालले जानकारी दिए ।
३३५ सदस्यीय संघको केन्द्रीय कार्य समितिमा बहुमत पक्ष नेपाल प्रचण्ड पक्षसँग रहेको छ । माघ ४ गते बसेको प्रचण्ड नेपाल पक्षको युवा संघमा बैठकमा २५० बढी केन्द्रीय सदस्य सहभागी थिए ।
नेकपा केपी ओली र प्रचण्ड माधव नेपाल समूह गरी दुबै कित्तामा विभाजित भएपछि भ्रातृ संगठनमा पनि प्रभाव परेको छ । ओली र प्रचण्ड नेपाल समूहमा कित्ता क्लियर गरेका भ्रातृ संगठनको नेतृत्वलाई एक अर्काे समूहले काबारही गर्ने क्रम जारी छ ।
FACEBOOK COMMENTS