काठमाडौं, माघ २६ – आजबाट शुरु गरिएको कोरोना विरुद्धको दोस्रो चरणको खोप पत्रकारले पनि लगाएका छन् । बिहन १० बजेदेखि शुरु गरिएको दोस्रो चरणको खोप दिउँसो ४ बजेसम्म उपत्यकामा २२६ जना पत्रकारले लगाएका हुन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पत्रकारका लागि तोकेको खोप केन्द्र सिभिल हस्पिटलमा सक्रियरुपमा पत्रकारिता गरिरहेका पत्रकारहरुले खोप लगाएका हुन् । मन्त्रालयले दोस्रो चरणमा पत्रकार, कुटनितिक नियोग, सयुक्त राष्ट्र संघका कर्मचारीलाई प्राथमिकतामा राखेर आजबाट खोप दिन थालेको छ । दोस्रो चरणको खोप शुक्रबारसम्म सञ्चालन गरिने मन्त्रालयले जनाएको छ ।
नेपाल पत्रकार महासंघमा आवद्ध पत्रकार तथा सूचना विभागबाट जारी गरिएको प्रेश प्रतिनिध कार्ड भएका पत्रकारहरुले यो खोप लगाउन पाउनेछन् ।
FACEBOOK COMMENTS