काठमाडौं, माघ २६ – शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री कृष्णगोपाल श्रेष्ठले अमेरिका सरकारले नेपालको शिक्षा क्षेत्रमा गरेको योगदान प्रशंसनीय रहेको बताएका छन् । मन्त्री श्रेष्ठले नेपालका लागि अमेरिकी राजदुत -यान्डी बेरीसँग सोमबार सिंहदरबारस्थित मन्त्रालयमा भएको भेटका क्रममा दुई देशको आपसी सम्बन्ध आगामी दिनमा अझै सुमधूर हुने विश्वास व्यक्त गरे ।
प्राकृतिक विपद् या कोरोना महामारीका समयमा अमेरिकी सरकारले उपलब्ध गराएको मानवीय सहयोगप्रति आभार व्यक्त गर्दै उनले अमेरिकाका नयाँ राष्ट्रपति जो वाइडन र उपराष्ट्रपति कमला ह्यारिसको कार्यकाल सफलताको शुभकामना दिए ।
राजदुत बेरीले अमेरिकी सरकारले बहुपक्षीय ढंगबाट सहयोग गर्ने जानकारी दिँदै नेपालप्रति अमेरिकी सरकारको नीतिमा कुनै परिवर्तन नआएको स्पष्ट गरे । नेपालको प्राथमिक र दूर शिक्षामा आफ्नो सहयोग वृद्धि हुन सक्ने विश्वास पनि राजदुत बेरीले व्यक्त गरे । मन्त्रालयका सचिव गोपीनाथ मैनालीले नेपालको शिक्षा अनुसन्धानमा अमेरिकाले गरेको लगानी महत्वपुर्ण रहेको बताए ।
अमेरिकी विकास सहयोग नियोग युएसइआइडीका निर्देशक सेपेड केभ्यानसडले विगत वर्षमा काम गर्न केही अप्ठ्यारो महसुस भएको उल्लेख गर्दै फरक परिस्थितिको कारण अहिले केही सहज हुने अपेक्षा राखे । उनले सन २०२० देखि २०२२ सम्म ३२ मिलेनियम डलर सहयोग भैरहेको बताए । ‘कोभिडलागि सहयोग गर्नेछौ । नेपालको विकासको अनुदानमा कुनै फरक पर्दैन,’ उनको भनाई थियो ।
उनले प्राथमिक र दुर शिक्षामा सहयोग गरिरहेको बताए । उनले २०२१–२०२५ सम्म निरन्तर सहयोग गरिरहने बचनबद्धता व्यत्तः गरे । मन्त्री श्रेष्ठले आफ्नो कार्यकालमा दुई देशबीचको सहयोग र सम्बन्धलाई थप मजबुत बनाउने उल्लेख गरे ।
FACEBOOK COMMENTS