काठमाडौं, माघ २७ – सोमबार सार्वजनिक तथ्याँक अनुसार बेलायतमा एक करोड २२ लाख भन्दा बढीले कोरोना विरुद्धको खोपको पहिलो डोज लिइसकेका छन् ।
डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोसल केयर’ ले दिएको जानकारी अनुसार हालसम्म एक करोड २२ लाख ९४ हजार ६ जनाले खोपको पहिलो डोज लिएका हुन् ।
जसमध्ये पांच लाख १२ हजार ५८१ जनाले खोपको दोस्रो (अन्तिम) डोज लिइसकेको स्वास्थ्य विभागले जनाएको छ ।
FACEBOOK COMMENTS