काठमाडौं, माघ २७ –प्रिमियम सुजुकी गाडीहरुको प्रिमियम सेल्स च्यानल सिजी/नेक्स्ट जेनले न्यू इग्निसको फेसलिफ्ट सार्वजनिक गरेको छ।न्यू इग्निसमा बिएस–६ कम्प्लायन्ट १.२ लिटर भिभिटी पेट्रोल इन्जिन छ। जसले ६ हजार आरपिएममा ८४ पिएस पावर र ४ हजार ४ सय आरपिएममा ११३ एनएम टर्क जेनेरेट गर्छ।
अंग्रेजी अक्षर यू–आकारको आकृति र बम्परमा फैलिएको बोल्ड स्किड प्लेटसहितको फ्रन्ट ग्रिलले यसलाई आकर्षक बनाएको छ। यसको उच्च सिटिङ पोजिसन, जबरजस्त र फराकिलो आकारसहितको पछिल्लो फेसिया, रुफ रेल र स्पोइलरले यसको एसयूभी विशेषतालाई उत्कृष्ट बनाएको कम्पनीले जनाएको छ।
यसको डिआरएलएसबाट सुसज्जित एलइडी प्रोजेक्टर हेडल्याम्पले न्यू इग्निस निकै राम्रो देखाएको कम्पनीको दावी छ। न्यू इग्निसको फराकिलो क्याबिनमा डुअल टोन आइभोरी इन्टेरियर सिट फेब्रिक र नयाँ आधुनिक ढाँचा देख्न पाइन्छ। न्यू इग्निसमा १७.७८ सेन्टिमिटरको स्मार्टप्ले स्टुडियो छ।
नयाँ इग्निसमा पर्याप्त स्पेस र उत्कृट सुरक्षा व्यवस्था रहेको छ। यसको सबै भेरियन्टमा डुअल एअर ब्याग, प्रिटेन्सनर फोर्स लिमिटर सिट बेल्ड, चाइल्ड सिट रिस्टे«न सिस्टम र इबीडीसहितको एबीएस रहेको छ।
५ सिट क्षमताको नयाँ इग्निस को फुल ट्याङ्क इन्धन क्षमता ३७ लिटर रहेको छ। तीन वटा भेरिएन्टमा उपलब्ध इग्निसको मूल्य डेल्टाको ३१ लाख ४९ हजार, जेटाको ३४ लाख ४९ हजार र अल्फाको ३७ लाख ४९ हजार निर्धारण गरिएको छ।
FACEBOOK COMMENTS