काठमाडौं, माघ २७ –नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव पक्षले भोली (बुधवार) गर्ने जनप्रदर्शनमा सहभागी हुन सबैलाई अपील गरेको छन् ।
अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधव कुमार नेपालले संयुक्त भिडियो सन्देश जारी गर्दै काठमाडौंको भृकुटीमण्डपमा हुने जनप्रदर्शनमा सहभागी हुन अपील गरेका हुन् ।अध्यक्ष प्रचण्डले,‘हामी सबैले लडेर प्राप्त गरेको उपलब्धिको रक्षा गर्नका निम्ति काठमाडौंको विरोधसभामा सहभागी हुन र प्रतिगमनलाई परास्त गर्न अपील गर्दछु,’ भनेका छन् ।
साथै अध्यक्ष नेपालले भिडियो सन्देशमा विगतमा भएका कमीकमजोरी सुधार गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
FACEBOOK COMMENTS