काठमाडौं, माघ २८ –राष्ट्रपति विद्यादेवी भण्डारीले भारतको उत्तराखण्डमा हिमनदी विस्फोट भएर आएको बाढीका कारण जनधनको ठूलो क्षति भएकोमा दुःख व्यक्त गरेकी छन् ।उत्तराखण्डको चमोलीमा हिम ताल विस्फोट भएर आएको बाढीमा परी अहिलेसम्म ३२ जनाको निधन भइसकेको छ । १७५ जनाभन्दा बढी हराइरहेका छन् । जसमा नेपाली कामदारहरु पनि रहेका बताइएको छ ।
राष्ट्रपति भण्डारीले उक्त घटनाबाट जलवायु परिवर्तनले ल्याएको चुनौतीको सामना गर्न हिमालय क्षेत्रका राष्ट्रहरू बीच अझ बलियो समन्वय जरुरी देखिएको पनि उल्लेख गरेकी छन् ।
FACEBOOK COMMENTS