काठमाडौं, २८ माघ – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री केपी शर्मा ओलीले बनाएका दुई जना मन्त्री आफ्नो पक्षमा फर्किन लागेको दाबी गरेका छन ।
दाहाल–नेपाल समूहले आज गरेको विरोध सभालाई सम्बोधन गर्दै उनले ओली समूह छाडेर मानिसहरु आफ्नो पक्षमा लाम लागेर आएको दाबी गर्दै दुई मन्त्री पनि फर्किने विषयमा कुराकानी भएको बताए । उनले प्रतिनिधिसभा विघटनका पक्षमा कोही पनि नरहेको भन्दै ओली समूह छाड्नेको संख्या बढेको बताए ।
उनले भने, ‘प्रतिनिधि सभा विघटनको पक्षमा कोही पनि छैन, केपी ओलीको साथ छोड्नेको लाम लाग्न थालेको छ ।’ उनले दुई मन्त्री फर्किने खुलासा गरे पनि नाम भने लिएका थिएनन् ।
FACEBOOK COMMENTS