काठमाडौँ, फागुन १ – इंग्ल्याण्डविरुद्धको दोस्रो टेस्ट क्रिकेटको पहिलो पालीमा भारतले खराब सुरुवात गरेको छ । चेन्नेईमा टस जितेर ब्याटिङ सुरु गरेको भारतले आफ्ना महत्वपूर्ण व्याट्सम्यान सस्तैमा गुमाएको छ ।
कप्तान विराट कोहली खाता खोल्न नसकी आउट भए । उनलाई मोइन अलिले डकआउट गरेका हुन् । त्यसअघि ओपनिङ व्याट्सम्यान शुभमान गिल पनि खाता खोल्न नसकी पेभेलिएन फर्किए । चेतेश्वर पूजारा भने २१ रनमा आउट भए ।
लञ्च समयसम्म भारतले ३ विकेट गुमाएर १०६ रन बनाएको छ । भारतका ओपनर ब्याट्सम्यान रोहित शर्माले भने अर्धशतक बनाएका छन् । उनलाई उपकप्तान आजिन्क्या रहाणेले साथ दिइरहेका छन् । इंग्ल्याण्डका ओल्ली स्टोन र ज्याक लिचले एक एक विकेट लिए ।
FACEBOOK COMMENTS