काठमाडौं, २ फागुन- विभिन्न सामाजिक संघ संस्थाकाे साझा सहकार्यमा १३ औं अन्तर्राष्ट्रिय सामाजिक न्याय दिवस मनाइने भएको छ । शुक्रबार राजधानीमा भएको सराेकारवाला संघसंस्थाकाे छलफलले आउँदो फागुन ८, ९ र १० गते विविध कार्यक्रमकाे आयोजना गरेर उक्त दिवस मनाउन लागेको हाे ।
फ्रिडम फर अल नेपाल (फान) काे केन्द्रीय कार्यालय नागपाेखरी काठमाडौंमा आज भएकाे छलफलले फागुन ८ गते माइतीघरमा शान्तिपूर्ण प्रदर्शन, ९ गते सम्बन्धित विषयमा कार्यपत्रसहित संवाद तथा छलफल र १० गते उक्त संवाद तथा छलफलको निष्कर्षसहित प्रधानमन्त्री कार्यलयअन्तर्गत सामाजिक विकास शाखामा ज्ञापनपत्र बुझाउने निर्णय गरेको छ ।
कार्यक्रम व्यवस्थापन गर्न संयुक्त आयाेजक समितिसहित अन्य सम्पुर्ण सराेकारवाला संघसंस्थालाई सहकार्यकाे लागि बैठकले आह्वान समेत गरेको छ । उक्त कार्यक्रमकाे सचिवालय संयाेजन तथा सहजिकरणकाे लागि फानलाई जिम्मेवारी दिइएको छ ।
कार्यक्रममा फानकाे तर्फबाट उपाध्यक्ष राजु सुन्दास, उपाध्यक्ष सिमा खान, महासचिव खगेन्द्र ओली, सचिव डाक्टर जाेमेश वड, कार्य समिति सदस्य कर्ण नेपाली, देविसरा बादीलगाएतकाे सहभागीता थियो । यस्तै “गाउ” संस्थाबाट सिताराम घले, साेच नेपाल बाट अर्जुन परियार, युथ एडभोकेसी नेपालका तर्फबाट अध्यक्ष नरेन्द्र खतिवडा, राष्ट्रिय जेष्ठ नागरिक महासंघबाट महासचिव छत्र प्रधान, निल हिरा समाजबाट भक्ति शाह र अपेक्षा दाहाल, एडभोकेसी फाेरम नेपालबाट कुमार प्रसाद थपलिया, नेपाल अपांग महिला संघ दिपा खनाल आदिकाे सहभागीता रहेको थियो ।
आजको छलफलले अन्य सामाजिक संघसंस्था र नागरिक समाजलाई उक्त दिवस भब्यताका साथ मनाउन सहभागी हुन आग्रह गरेको छ । यस्तै, विभिन्न तह र क्षेत्रमा बस्ने मानिस समान ढङ्गले आत्मसम्मानका साथ कानुनी तथा व्यवहारिक रुपमा बाँच्न पाउनुपर्ने र राज्यको सेवा सुविधा लक्षित बर्गकाे पहुँचसम्म पुर्याउन राज्यलाई थप नागरिक स्तरबाट दबाब दिनुपर्ने आवश्यकता रहेको विषयमासमेत छलफल भएको थियो ।
FACEBOOK COMMENTS