काठमाडौं, ५ फागुन- केही दिनदेखि उच्च पहाडी तथा हिमाली क्षेत्रमा लगातार हिमपात भइरहेको छ।
आज पनि केही स्थानहरूमा हल्का हिमपात हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
यस्तै प्रदेश १ र गण्डकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना छ।
महाशाखाका अनुसार तीन दिनसम्मकाे माैसम यस्तै रहने छ।
तराईका केही ठाउँमा भने बिहानीपख हुस्सु र कुहिरो लाग्ने गरेको छ।
देशभरको तापक्रममा सामान्य गिरावट आउन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले सबैमा आग्रह गरेको छ।
हाल नेपालमा पश्चिमी वायुको प्रभाव छ।
FACEBOOK COMMENTS