काठमाडौं,६ फागुन-एनएमबि बैंकको सीईओमा पुनः सुनिल केसी नियुक्त भएका छन् ।बुधबार बसेको सञ्चालक समितिको बैठकले सीईओ केसीलाई दोश्रो कार्यकालका लागि नियुक्त गर्ने निर्णय गरेको हाे ।
केसीको ४ वर्षे कार्यकाल यही फागुन अन्तिममा सकिँदै छ। उनलाई चैत १ गतेदेखि लागू हुने गरी पुनः ४ वर्षको जिम्मेवारी दिइएको छ।केसीले स्ट्याण्डर्ड चाटर्ड बैंकबाट बैंकिङ करिअर सुरु गरेका थिए । त्यसपछि उनी एक वर्ष तत्कालिन एनआइसी बैंकमा आवद्ध भए । त्यसको केहि समयपछि नै केसी पुनः स्ट्याण्डर्ड चाटर्ड बैंकमै फर्किए । दुई पटक गरेर उनले स्ट्याण्डर्ड चाटर्ड बैंकमा १८ वर्ष काम गरेका थिए ।
एनएमबी बैंकमा भने उनी १२ वर्ष अघि डिजिएमका रुपमा प्रवेश गरेका थिए र जीएम, डेप्युटी सिईओ हुँदै हाल सिईओका रुपमा काम गरिरहेका छन् । केसीले भारतबाट एमबीए गरेका छन् । बैंकभित्र ट्रेजरी, कर्पाेरेट बैकिङ, फाइनान्स, अपरेशन लगायत क्षेत्रमा बढी काम गरेकाे अनुभव उनीसँग छ ।
FACEBOOK COMMENTS