काठमाडौं, ६ फागुन- नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताको अन्तिम दिन आज (बिहिबार) दोहोरो अंकले बढेको छ । बुधबार ९.९४ अंकले बढेर दुई हजार ६ सय ११ दशमलब ४५ विन्दुमा पुगेको थियो ।
नेप्सेका अनुसार आज २५.२३ अंकले नेप्से बढेर दुई हजार छ सय ३८ दशमलब ६८ विन्दुमा पुगेको छ भने ८ अर्ब ७६ करोड २१ लाख बरोबरको कारोबार भएको छ ।
त्यस्तै, आज कारोबार भएका १२ समूहमध्ये ३ समूह घटेका छन् भने अन्य सबै समूह बढेका छन् । आज कारोबार भएका ८ कम्पनीको शेयरमूल्य सर्वाधिक बढेको छ । यी कम्पनीको शेयरमूल्य झण्डै १० प्रतिशतले बढेको छ ।
FACEBOOK COMMENTS