काठमाडौं, फागुन ८ – नेपालमा पछिल्लो २४ घण्टामा ८८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख ७३ हजार ३५१ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
नेपालमा कोरोनाबाट मृत्यु हुनेको कुल संख्या २ हजार ६१ पुगेको छ । नेपालमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमण मुक्त हुनेको संख्या १३६ रहेको छ ।
योसँगै नेपालमा कुल कोरोना संक्रमण मुक्त हुनेको संख्या २ लाख ६९ हजार ७५५ पुगेको छ। हाल नेपालमा सक्रिय संक्रमितको संख्या १ हजार ५३५ रहेको छ ।
अहिलेसम्म नेपालमा २१ लाख ३६ हजार ३०९वटा पीसीआर नमूना परीक्षण भएका छन् । नेपालमा क्वारेन्टाइनमा रहनेको संख्या ७१ रहेको छ ।
FACEBOOK COMMENTS