काठमाण्डौ– एनआई सी एशिया बैंक लिमिटेडले आईएमर्ई लाईफइन्स्योरेन्स कम्पनी लिमिटेडसँग बैंकास्योरेन्स सम्झौता गरेको छ ।
सम्झौताअनुसार अब यस बैंकका ग्राहकहरुले मुलुकभर फैलिएको २७० वटै शाखाहरुबाट सहज रुपमा आईएमई लाईफइन्स्योरेन्स कम्पनी लिमिटेडको जीवन बीमा पोलिसीहरु खरिदगर्न सक्नुहुनेछ।
सम्झौतापत्रमा बैंकको तर्फबाट बैंकका प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपाने र इन्स्योरेन्स कम्पनीको तर्फबाट प्रमुखकार्यकारी अधिकृत चन्द्र भट्टले हस्ताक्षर गरे ।
बैंकका मुलुकभर २७० शाखाकार्यालयहरु, २८५ एटिएम, ३७ वटा एक्सटेन्सन काउण्टर एवं २० वटा शाखारहित बैंकिङ्ग ईकाई मार्फत बैंकिङ्ग सेवाप्रदान गर्ने बैंक हो ।
FACEBOOK COMMENTS