काठमाडौँ, १२ फाल्गुन – गत पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीको रिफारिसमा राष्ट्रपतिले गरेको प्रतिनिधिसभा विघटनको निर्णय मंगलबार सर्वाेच्च अदालतले बदर गरेको छ ।
प्रतिनिधिसभा विघटनको कदम असंवैधानिक भएको र देशलाई प्रतिगमनतर्फ धकेल्न खोजेको भन्दै आन्दोलनमा उत्रिएको नेकपा प्रचण्ड–माधव पक्षले बुधबार देशभर विजय जुलुस निकाल्ने भएको छ।
काठमाडौंमा बुधबार मध्यान्ह १२ बजे जम्मा भएर विजय जुलुस निकाल्ने तयारी प्रचण्ड–माधव समूहले गरेको छ।
जिल्लाहरुमा विजय जुलुसका लागि सदरमुकाम तथा मुख्य शहरहरुमा हुनका लागि नेता कार्यकर्ताहरूलाई आह्वान गरिएको छ।
मंगलबार सर्वाेच्चको फैसला आएपछि प्रचण्ड–माधव समूहका नेता, कार्यकर्ताहरुले देशभर दीपावली गरेका थिए।
नेकपा ओली समूहका नेता कार्यकर्ताहरु सर्वाेच्चको फैसलापछि मौन देखिन्छन् । देशमा अब अस्थीरता सिर्जना हुने दावी गर्दै ओली समूहका केही नेता,कार्यकर्ताहरूले प्रतिक्रिया दिएका छन् ।
FACEBOOK COMMENTS