काठमाडौं, फागुन १२- नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताको चौथो दिन आज (बुधबार) दोहोरो अंकले बढेको छ । हिजो (मंगलबार) नेप्से २१.१६ अंकले नेप्से घटेर दुई हजार पाँच सय ८६ दशमलब ५१ विन्दुमा थामिएको थियो ।
नेप्सेका अनुसार आज १२.५६ अंकले नेप्से बढेर दुई हजार पाँच सय ९९ दशमलब ७ विन्दुमा पुगेको छ भने ६ अर्ब ७० करोड १८ लाख बराबरको कारोबार भएको छ । त्यस्तै, आज कारोबार भएका १२ समूहमध्ये आज दुई समूह बाहेक अन्य सबै समूह बढेका छन् ।
आज तीन कम्पनीको शेयरमूल्यमा भने उच्च बृद्धि देखिएको छ । उच्च शेयरमूलय बृद्धि हुनेमा आईएमई जनरल इनस्योरेन्स, नेपाल फाइनान्स र चन्द्रागिरी हिल्स रहेका छन् । यी तीा कम्पनी मध्ये दुई शेयरमूल्य झण्डै १० प्रतिशतले बढेको छ भने अर्को एक कम्पनीको १० प्रतिशतले शेयरमूल्य बढेको छ ।
FACEBOOK COMMENTS