काठमाडौं,फागुन१३ –महिला लघुवित्त वित्तीय संस्थाको सर्वसाधारणलाई निष्काशन गरिएको साधारण शेयर मिति फागुन १४ गते शुक्रबार बिहान ८ बजे बाँडफाँड हुने नेपाल एसविआई मर्चेन्ट बैंकिङ्गले जनाएको छ ।
साधारण शेयरको बाँडफाड हात्तिसार स्थित नेपाल एसविआई मर्चेन्ट बैंकिङ्ग लिमिटेडको कार्यालयमा हुने भएको छ ।
महिला लघुवित्तले गत माघ ३० गतेबाट १०० रुपैयाँ अंकित दरका कुल ४ करोड रुपैयाँ बराबरको आईपीओ निष्कासन गरेको थियो । कुल ४ लाख कित्तामध्ये ५ हजार कित्ता कर्मचारी सुरक्षित गरी २० हजार कित्ता समूहिक लगानी कोषहरुका लागि बाँडफाँड गरिसकेको छ ।
FACEBOOK COMMENTS