काठमाडौं,१३ फाल्गुन- प्रतिनिधिसभा पुनर्स्थापना भएको दुई दिनमै सरकारले ३१ जना सहसचिवको एकैपटक सरुवा तथा पदस्थापन गरेको छ ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले एकैपटक ३१ जना सहसचिवको सरुवा तथा पदस्थापन गरेको हो ।
यसअघि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा रहेका खगेन्द्रप्रसाद रिजाल र सञ्चार मन्त्रालयमा रहेका छविलाल रिजाललाई गृह मन्त्रालयमा सरुवा गरिएको छ ।
त्यस्तै रामप्रसाद आचार्य रक्षा मन्त्रालयबाट प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरुवा भएका छन् भने प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका दीर्घराज मैनालीलाई अर्थ मन्त्रालयमा सरुवा गरिएको छ ।
लगानी बोर्डको कार्यालयमा रहेका धर्मेन्द्रकुमार मिश्रलाई मधेसी आयोगमा ल्याइएको छ ।
सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन गर्ने सरकारको निर्णयलाई असंवैधानिक ठहर गर्दै यही फागुन ११ गते संसद पुनर्स्थापना गर्ने आदेश दिएको थियो ।
FACEBOOK COMMENTS