काठमाडौं, फागुन १७ – रोयल इन्फिल्ड ‘मिटियोर–३५०’ले ‘इन्डियन मोटरसाइकल अफ द इयर २०२१’ अवार्ड हात पारेको छ। यसले हिरो प्यासन प्रो, हिरो ग्ल्यामर, हिरो स्ट्रिम, होन्डा हर्नेट २.०, बजाज डोमिनार २५०, हस्कभर्ना सभ्रातभिलेन २५० र केटिएम ३९० एड्भेन्चरलाई पछि पार्दै यो उपाधी जितेको हो।
मिटियोर–३५०’ मा बिएस६, ३४९ सिसी एयर कुल्ड सिङ्गल सिलिन्डर इन्जिन जडान गरिएको छ।यसले २०.५ एचपी पावर र २७ एनएम टर्क जेनेरेट गर्छ। यसमा ५ स्पिड गियर बक्स दिइएको छ।
यो पहेँलो कालो र रातो गरी ३ वटा रङ्गमा आउने छ। यसैगरी १५ भन्दा धेरै फ्यूल ट्याङ्क कलर अप्सनमा उपलब्ध छ। मिटियोर–३५० मा रोयल इन्फिल्डले पहिलो पटक ‘स्मार्ट कनेक्टिभिटी’ फिचर्स प्रयोग गरेको हो।
यसको मद्दतले रोयल इन्फिल्ड एपसँग कनेक्ट गरेर कन्ट्रोल गर्न सकिने कम्पनीले जनाएको छ। यसमा ओड मिटर, ट्रिप मिटर, सर्भिस रिमाइन्डर लगायतका फिचर्स पनि दिइएको छ। मिटियोर–३५० डुअल च्यानल एबिएस, एलइडी डिआरएल वाला सर्कुलर हेलोजिन हेडल्याम्प, एलइडी टेल ल्याम्प लगायतका फिचर्स दिइएको छ।
यसैगरी स्ट्यान्डर्ड–९ र ९–प्रो स्मार्टफोनमा भने १२० एच.जेटको डिस्प्ले, ८८८ चिप्स भएको स्नैपड्रैगन प्रोसेसर र कम रिजोलुसन भएको क्यामरा हुने अनुमान गरिएको छ।
FACEBOOK COMMENTS