काठमाण्डौं, १८ फागुन- झापा जिल्ला विर्तामोड नगरपालिका वडा नं. ०६ स्थित पुर्वाञ्चल क्यान्सर अस्पताल परिसरमा आज दिउसो २: ०० बजे प्रधानमन्त्री केपी शर्मा ओली र प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राइले उक्त कायैक्रमको उद्घाटन गरेका थिए ।
नेपाल राष्ट्र बैंक तथा अन्य सम्बन्धित निकायसँग समन्वय गरी विभिन्न सरकारी निकायहरुको बैंकिङ्ग कारोबार प्रभावकारी रुपमा सञ्चालन गरिरहेको प्रभु बैंकले विर्तामोड नगरपालिकाको पुर्वाञ्चल क्यान्सर अस्पतालमा पनि आप्mनो सेवा विस्तार गरेको छ ।
एक्स्टेन्सन काउण्टरबाट सम्बन्धित पुर्वाञ्चल क्यान्सर अस्पतालमा आउने सेवाग्राहीहरुलाई रकम जम्मा गर्न र अस्पतालको काम गर्न सहज र सरल हुने बैंकले जनाएको छ ।
प्रभु बैंकको एक्स्टेन्सन काउण्टरबाट प्रवाह गरिने बैंकिङ्ग सेवाबाट स्थानीयबासी तथा सेवाग्राहीहरुले बैंकको गुणस्तरीय बैंकिङ्ग सेवा उपभोग गरी लाभान्वित हुने विश्वास बैंकले लिएको छ ।
अस्पतालको आर्थिक क्रियाकलाप बैंकिङ्ग प्रणालीमार्पmत् हुने भई प्रशासनिक सहजता प्राप्त हुनेछ भन्ने बैंकले विश्वास लिएको छ ।
प्रभु बैंकले २१३ वटा शाखा कार्यालय, १८९ वटा एटिएम ५८ वटा एक्स्टेन्सन काउण्टर तथा २ वटा शाखारहित बैंकिङ्ग सेवा मार्फत सेवा प्रवाह गरिरहेको छ ।
FACEBOOK COMMENTS