काठमाडौं, १९ फागुन- नेपालको अहिलेसम्मको संरक्षण यात्रा विश्वका लागि उदाहरणीय त छ नै, अब अनुकरणीय र दिगो बनाउन विकास निर्माण गर्दा वन्यजन्तुको वासस्थानमा न्यूनतम क्षति र स्थानीय समुदायलाई प्रत्यक्ष लाभ पुग्ने गरी पाइला चाल्नुपर्छ।
डा. गोकर्णजंग थापा
रुसको सेन्टपिटर्सबर्गमा बाघ पाइने १३ वटा देशका राष्ट्रप्रमुख र प्रतिनिधिको सन् २०१० मा भएको ‘ग्लोबल टाइगर्स समिट’ले सन् २०२२ सम्म बाघको संख्या दोब्बर बनाउने लक्ष्य सार्वजनिक गर्यो। यो महत्त्वाकांक्षी लक्ष्य पूरा गर्न सबै देश लागिरहेका भए पनि नेपाल भने नजिक पुगेको छ। बाघ मात्रै होइन, अन्य वन्यजन्तुको संरक्षणमा पनि नेपालले फड्को मारेको छ। गैँडाको गस्तीदेखि बाघ बचाउसम्मको यो संरक्षण यात्रा कम्ता रोचक छैन।
उसो त भौगोलिक हिसाबले सानो र भूपरिवेष्टित मुलुक भए तापनि प्राकृतिक सम्पदा र जैविक विविधताले सम्पन्न छ। यही सम्पन्नता अर्थात् वन्यजन्तु र पारिस्थितिकीय प्रणाली जोगाउन नेपालले गरेको प्रयत्नलाई विश्व समुदायले पनि मुक्तकण्ठले प्रशंसा गरेको छ। यो यात्रा भने वन्यजन्तु, वासस्थान, जैविक विविधता तथा पारिस्थितिकीय प्रणालीलाई संरक्षण, संवद्र्धन, वैज्ञानिक व्यवस्थापन र उचित सदुपयोग गर्नका लागि २०३७ मा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागको स्थापनासँगै अघि बढ्यो।
२०३० मा स्थापना भएको चितवन राष्ट्रिय निकुञ्ज नै नेपालको पहिलो निकुञ्ज हो। हाल २० वटा संरक्षित क्षेत्र छन्। नेपालको ३४ हजार ४३७ वर्गकिलोमिटर अर्थात् २३.४ प्रतिशत भूभाग यिनै संरक्षित क्षेत्रले ओगटेका छन्। यसमा संरक्षित क्षेत्र १९.५ र मध्यवर्ती क्षेत्र ३.९ प्रतिशत छ। संसारकै सबैभन्दा उच्च हिमशृंखलादेखि तराईको समथर भूभागसम्म विभिन्न भौगोलिक विभाजनअन्तर्गत विस्तारित यी संरक्षित क्षेत्रहरूमा ११८ पारिस्थितिकीय प्रणालीमध्ये ८० वटा प्रणाली पर्छन्।
नेपालमा संरक्षण मोडालिटीको विकासक्रम
नेपालमा संरक्षणको इतिहास रमाइलो छ। सन् ६० को दशकमा नै गैँडा गस्तीबाट संरक्षण कार्यको शुरूआत गरिएको थियो। पछि, सन् १९७३ मा चितवन राष्ट्रिय निकुञ्ज स्थापना भएसँगै कानूनी रूपमा संरक्षण कार्य अघि बढ्यो। सन् ९० को दशकसम्म वन्यजन्तुमा मात्र सीमित भएको संरक्षण कार्य सन् १९९२ मा अन्नपूर्ण संरक्षण क्षेत्र घोषणासँगै संरक्षण र समुदायसँगै भन्ने अवधारणा अघि बढ्यो। समुदाय र संरक्षणको अवधारणा सफल भएपछि मध्यवर्ती क्षेत्रको अवधारणा आयो जुन विश्वमै पहिलो हो।
समुदाय र संरक्षणको अवधारणा सफल भएपछि मध्यवर्ती क्षेत्रको अवधारणा आयो जुन विश्वमै पहिलो हो।
त्यसपछि सन् १९९५ तिर संरक्षित क्षेत्रमा विभिन्न नयाँ नयाँ वैज्ञानिक अवधारणाको शुरूआत भयो। सन् २००० पछि त ठूलो क्षेत्रमा विचरण गर्ने वन्यजन्तुको वासस्थानको वैज्ञानिक अनुसन्धान गर्दा अलग–अलग रहेका निकुञ्जमा मात्रै नभई अविच्छिन्न जंगल हुँदै नेपालको बागमती नदीदेखि भारतको यमुना नदीसम्म तराईका सबै संरक्षित क्षेत्रलाई जोड्दै तराई भूपरिधि (२४,७१० वर्ग किमि) अवधारणा आयो। यो अवधारणलाई दुवै देशले अपनाएपछि हिन्दूकुश हिमालय क्षेत्रमा भौगोलिक विभिन्नता अँगालेर भूपरिधिस्तरीय कार्यक्रमहरू जस्तैः कैलाश, चितवन, अन्नपूर्ण, कञ्चनजंघा, भारतमा नर्थ ब्यांक, काजिरंगा, कार्बिग्लोंग तथा भुटान बायोलोजिकल कोरिडोर आदि सञ्चालनमा आए। यसले संरक्षणमा झन् टेवा पु¥यायो।
वन्यजन्तुहरूः नेपालले पृथ्वीमा भएकाे जमिनकाे ०.१ प्रतिशत भूभाग ओगटे पनि यो ३ प्रतिशत वनस्पति र १ प्रतिशत जीवको वासस्थान छ। नेपालको जैविक विविधताको प्रोफाइलमा जनाइएअनुसार यहाँ २०८ प्रकारका जीव, ८६७ प्रकारका चरा, १२३ प्रकारका घस्रने जीव, ५५ भन्दा बढी उभयचर, विभिन्न नदीमा पाइने २३० प्रकारका माछा, ६५१ प्रकारका पुतली पाइन्छन्।
नेपालको भौगोलिक विविधता अनुरूप, छोटो दूरीमै विविध हावापानीमा पाइने विभिन्न वन्यजन्तुको विविधतासँगै यहाँ मात्रै पाइने २८४ जातिका फुल्ने वनस्पति, १६० जातका जन्तुहरू, एउटा स्तनधारी र एउटा चरा नेपालका शान हुन्।पाटे बाघः नेपालले अन्तर्राष्ट्रिय जगत्मा प्रतिबद्धता गरे अनुरूप सन् २०२२ सम्ममा बाघको संख्या दोब्बर पु¥याउने लक्ष्य अहिले नै पुगिसकेको छ। क्यामेरा ट्र्याप प्रविधिबाट प्राप्त सन् २०१८ को प्रतिवेदन अनुसार हाल नेपालमा पाटे बाघको संख्या २३५ छ। जसअनुसार शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा १६, बर्दिया राष्ट्रिय निकुञ्जमा ८७, बाँके राष्ट्रिय निकुञ्जमा २१, चितवन राष्ट्रिय निकुञ्जमा ९३ र पर्सा राष्ट्रिय निकुञ्जमा १८ बाघ छन्।
थप सामग्री : https://www.himalkhabar.com/news/122436
FACEBOOK COMMENTS