काठमाडौँ, फागुन १९ –दैलेखमा नेपाली सेनाले हाफ म्याराथन दौड सञ्चालन गर्ने भएको छ । दैलेखस्थित इन्द्रदल गुल्मको आयोजना फागुण १५ गतेदेखि हाफ म्याराथन सञ्चालन हुने भएको हो । खेल जिल्लाको काँडाचौरदेखि ऐतिहासिक कोतगढी सम्म सञ्चालन हुने जनाइएको छ ।
जसमा २१ किलोमिटर खुल्ला हाफ म्यारथन तथा दैलेख जिल्लास्थित सरकारी कार्यालय (सुरक्षा फौजका सदस्यहरु बाहेक) का कर्मचारी तथा जिल्लावासीहरुलाई समावेश गराई जिल्लागत ५ किलोमिटर दौड प्रतियोगिता सञ्चालन हुने सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ ।
FACEBOOK COMMENTS