काठमाडौं, फागुन २३ – मुक्तिनाथ विकास बैंकले आफ्ना भिषा डेविट कार्डवाहक ग्राहकहरुलाई थप सेवा दिन बुढानिलकण्ठ स्थित होटल सबरीनासँग विभिन्न सेवामा विशेष छुट प्रदान गर्ने गरी सम्झौता गरेको छ ।
सम्झौता पश्चात मुक्तिनाथ विकास बैंकका भिषा डेविट कार्डवाहक ग्राहकहरुले होटल सबरीना बाट होटल बसाई, खाना, बेबरेज, बेकरी तथा सोनाको सेवा लिदा १० प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन् ।
विकास बैंकले डिजिटल कारोबारलार्ई प्रोत्साहन गर्न भिसा नेटवर्क अन्तर्गतको जुन सुकै बैंकको एटीएमबाट विना कुनै शुल्क रकम झिक्न सकिने व्यवस्था गरिएको समेत गरेको छ ।
FACEBOOK COMMENTS