काठमाडौं, फागुन २४ – हुन्डाई मोटरको सव-फोर मिटर एसयूभी भेन्यू नयाँ गियरबक्सको साथ नेपाल आएको छ । कम्पनीले म्यानुयल गियरबक्समा पनि क्लच नचाहिने टेक्नोलोजी ‘आईएमटी’को प्रयोग गरेर भेन्यू सार्वजनिक गरेको हो ।
लक्ष्मी इन्टरकन्टिनेन्टलले यसको दुई भेरियन्ट नेपाल ल्याएको हो । १.० लिटर टर्बो इन्जिनको साथमा आईएमटी गियरबक्स भएको एस र एसएक्स भेरियन्ट नेपाल आएको हो । एस भेरियन्टको मूल्य ४४ लाख ९६ हजार तोकिएको छ भने एसएक्स भेरियन्टको मूल्य ५० लाख ५६ हजार निर्धारण गरिएको छ ।
नेपाली बजारमा पनि भेन्यूले निकै राम्रो व्यापार गर्न सफल भएको मोडल हो । कम्पनीले ‘आईएमटी’ टेक्नोलोजी अटो क्षेत्रमा नै नयाँ खोज भएको दाबी गरेको छ ।नयाँ गियरबक्सले पहिलेभन्दा राम्रो माइलेज प्रदान गर्ने कम्पनीको दाबी रहेको छ । अहिले कम्पनीले बिक्री गर्दै आएको १.० लिटर टर्बो इन्जिनमा ६ स्पीड म्यानुयल र ७ स्पीड डिटीसी अटोमेटिक गियरबक्स रहेको छ ।
नयाँ एस प्लस भेरियन्ट पनि कम्पनी नेपाल ल्याएको छ । थप भएका यी तीन भेरियन्टसँगै नेपाली ग्राहकले विभिन्न १३ भेरियन्टमा भेन्यू खरिद गर्न सक्ने छन् ।
FACEBOOK COMMENTS