काठमाडौँ, फागुन २५ –नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताको तेस्रो दिन आज (मंगलबार) दोहोरो अंकले घटेकोे छ । आज नेप्से २३.२२ अंकले घटेर दुई हजार चार सय ६१ दशमलब ८८ विन्दुमा थामिएको छ । नेप्सेसका अनुसार आज ४ अर्ब ७५ करोड २७ लाख बराबरको कारोबार भएको छ । आज कारोबार भएका सबै समूहमध्ये तीन वटा समूहबाहेक अन्य सबै समूह घटेका छन् ।
बजार घटेपनि पाँच कम्पनीको शेयरमूल्यमा पोजेटिभ सर्किट लागेको छ । आज चन्द्रागिरी हिल्स, रैराङ हाइड्रोपावर कम्पनी, नेपाल हाइड्रो डेभलपर, हिमालय उर्जा विकास कम्पनी र युनाइटेड फाइनान्स कम्पनीका लगानीकर्ता मालामाल भएका छन् । यी पाँच कम्पनीको शेयरमूल्य करिब १० प्रतिशतले बढेको छ ।
FACEBOOK COMMENTS