काठमाडौं, २६ फागुन । काठमाडौं कलंकी १४ स्थित मकालु पेट्रोल पम्प को अपजिट साइटमा रहेको खाडाडेवी फूडल्याण्डको प्रांगणमा हरेक शनिबार फरकफरक शैलीमा खाना महोत्सव हुने भएको छ । फाल्गुण २९ गते “खाडाडेवी फूडल्याण्डको सान नेपाली खानाको पहिचान ” भन्ने मुल नाराको साथ खाडादेवी फूडल्याण्डमा सातै प्रदेशको खानाको बिशेष प्रदर्शनी हुन लागेको हो । प्रदर्शनीमा हिमाल, पहाड, तराईका जातजातिको परम्परागत खाजा, खानामा प्रयोग गर्ने सामग्री प्रदर्शनी पनि गरिने भएको छ। उक्त प्रदर्शनी ग्यास्ट्रोनोमी टुरिजम एशोसिएशन अफ नेपाल र खाडादेवी फूडल्याण्डको संयुक्त आयोजनामा हुन लागेको हो ।
प्रदर्शनीमा लाइभ लोकदोहोरी कार्यक्रमको साथै खाडादेवी फूडल्याण्डको मौलिक अनि पृथक खाना पस्कने कार्यक्रम छ। जसमा बिशेष गरि टर्किको सेकुवा, टर्किको बैजनी मम ,काला नमक, धानको चामलको खाना सेट लोकल,खसी कुखुराको मासुका परिकार परम्परागत कसौडीमा पकाएको खसिका परिकार र नेपालको मध्य पहाडी भागमा पाइने कागुनको खिर आदि इत्यादी खानाको परिकार रहने एजुकेटिभ सेफ गोपि थापाले बताए ।
खाना महोत्सवमा स्थानीय विभिन्न जातीहरुको संस्कृति मौलिक परिकारसहितको खाना खुवाउने तथा चर्चित गायक सरोज लामिछाने ,दिनेश थापा ,रितु मगर ,सिमा भण्डारी लगाएतले कलाकारबाट साँस्कृतिक प्रस्तुति हुने संचालक रमेश केसीले जानकारी दिएका छन् ।
FACEBOOK COMMENTS