काठमाडौं, फागुन २६ – नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले केपी शर्मा ओली नेतृत्वको सरकारलाई अझै दुई वर्षसम्म टिकाउनुपर्ने अभिव्यक्ति दिएका छन् । प्रतिनिधि सभा भवन बानेश्वरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै खनालले भने, ‘अहिले हाम्रै सरकार छँदै छ । अबको दुई वर्षे कार्यकाल राम्रो ढंगले पूरा गर्नुपर्छ ।’
खनालले विभिन्न परिस्थितिले आफूहरू एमाले हुँदै नेकपाबाट पुनः एमाले बनाएको गुनासो समेत गरे । ‘एकीकृत पार्टी विभाजित भयो,’ उनले भने, ‘विभिन्न खेल र परिस्थितिले हामीलाई यो ठाउँमा ल्याएको छ ।’
FACEBOOK COMMENTS