काठमाडाैं, फागुन २८ – विश्वमा जुम्ल्याहा जन्मने दर हालसम्मकै उच्च रहेको छ । एक अनुसन्धानले दिएको जानकारी अनुसार विश्वव्यापी रुपमा प्रत्येक वर्ष करिब १६ लाख जुम्ल्याहाको जन्म भइरहेको छ । यसमा प्रत्येक ४२ महिलामध्ये एकजनाले जुम्ल्याहा सन्तान जन्माउने गरेका छन् । ढिला गरी सन्तान जन्माउने र आइभीएफजस्ता चिकित्सा प्रविधिमार्फत् सन्तान उत्पादन गर्ने भएकोले जुम्ल्याह बच्चाहरुको जन्मदरमा वृद्धि भएको हो ।
द जर्नल ह्यूमन रिप्रोडक्सनले विश्वव्यापी रुपमा गरेको अनुसन्धानका अनुसार पछिल्लो ३० वर्षमा जुम्ल्याहा जन्मने दरमा एसियामा ३२ प्रतिशत र उत्तरी अमेरिकामा ७१ प्रतिशतले वृद्धि भएको छ ।युरोप र उत्तर अमेरिकामा प्रत्येक हजार जन्ममा ९ जुम्ल्याहाको जन्म हुँदै आएकोमा ३ बढेर १२ पुगेको छ । यद्यपि, अफ्रिकामा पहिले देखि नै जुम्ल्याहा जन्मने दर उच्च नै थियो र यसमा पछिल्लो ३० वर्षमा खासै परिवर्तन आएको छैन ।
संसारभरी जन्मने जुम्ल्याहाको दरमा अफ्रिका र एसियाले मात्रै ८० प्रतिशत ओगटेको छ ।
FACEBOOK COMMENTS